RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२९ गते
१५७८ पटक

वैशाख २९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार बेलुका थप ३२ हजार डोज औषधि हिजो नेपाल आइपुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले रिम्डेसिभिर चिकित्सकले ताेकेकाे आधारमा सम्बिन्धत वितरकबाट सिधै खरिद गर्न । प्रतिडाेज चारहजार नाैसय रूपियाँ मात्र तिर्न सूचना मार्फत आग्रह गरेकाे छ ।

पछिल्लो समय नेपालमा कोभिडका बिरामीको सङ्ख्या बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सो माग अनुसार विभागले बंगलादेशबाट एक लाख २५ हजार औषधि ल्याउन अनुमति दिएको सूचना अधिकारी केसीले बताउनुभयो ।

एक लाख २५ हजारमध्ये अहिलेसम्म पटक–पटक गरी २२ हजार, सात हजार र ३२ हजार डोज औषधि नेपाल आइपुगेर र बाँकी आउने क्रममा रहेको उहाँले बताउनुभयो ।नेपालमा आइपुगेको ‘रेम्डेसिभिर’ औषधि कोरोना सङ्क्रमितहरुको उपचार हुने अस्पतालमा पठाइएको छ ।

‘हामीले औषधि राख्दैनौ । यो औषधि कोभिड सङ्क्रमित बिरामीको उपचारका लागि अस्पतालमा पठाउछौं,’ उहाँले भन्नुभयो ।
तर, पछिल्लो समय रेम्डेसिभिर औषधि कोरोना सङ्क्रमितका लागि अचुक औषधि नभएको भन्दै विभागले विज्ञप्ति नै जारी गरेको थियो त्यसपछि पनि विभागले पटक–पटक गरी उक्त औषधि नेपाल ल्याइरहेको छ कि न ? भन्ने प्रश्नमा उहाँले रेम्डेसिभिर औषधि प्रयोग भइरहेको छ, तर अचुक नभएको बताउनुभयो ।

‘कुनै–कुनै केसमा यसले काम गरेको भन्ने छ । तर, अहिलेसम्म कोरोना सङ्क्रमितको लागि कुनै अरु औषधि छैन । सबैले यहि औषधि प्रयोग गरेको हिसाब छ,’ उहाँले भन्नुभयो, ‘केही स्टेपमा यसले काम गर्छ, त्यो भन्दा अरुमा गर्दैन भन्ने छ ।’ विभागले वैशाख २२ गते विज्ञप्ति जारी गर्दै यो सबै प्रकारका कोभिडका बिरामीका लागि आवश्यक नपर्ने र अचुक औषधि पनि नभएकाले यसको प्रयोगमा डाक्टरहरुले ख्याल पुर्याउन निर्देशन दिएको थियो ।

बङ्गलदेशको बेक्सिम्को फार्मेसिष्ट लिमिटेडले उत्पादन गरेको रिम्डेसिभिर औषधि नेपालमा समेत कोरोना भाइरसबाट बच्न परिक्षणका लागि प्रयोग गर्ने गरी विभागले पहिलो पटक आयत गरेको जनाएको छ ।कोरोना सङ्क्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि क्लिनिकल ट्रयालका रूपमा कोभिडको उपचारमा विश्वभर प्रयोग गर्न थालिएको छ ।

गोरखापत्र दैनिकबाट……………

प्रतिकृया दिनुहोस्