RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/३० गते
१०२० पटक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकसय शैयाभन्दा माथिका निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीको उपस्थितिमा बसेको मन्त्रालयका पदाधिकारीहरुको बैठकले एकसय शैया माथिका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

कोरोनाको उपचारका लागि अक्सिजन अभाव भएपछि उपत्यका तथा बाहिरका नीजि अस्पतालहरुले नयाँ बिरामी भर्ना लिन छाडेको र भएकालाई पनि अन्यत्र सार्न भनेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब एकसय बेड माथिका सबै खाले अस्पतालले १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय भएको जानकारी गराउँदै त्यसका लागि गुणस्तर मापन तथा नियमन महाशाखाले सहजीकरण गर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्