RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/३० गते
७०५ पटक

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा भेला गरेका छन्।भेलामा सहभागी एक सांसदका अनुसार १४ जना सहभागी भएका छन्।

‘अहिलेसम्म १४ जना भेला भएका छौं। अझै ४/५ जना आउँदै हुनुहुन्छ भन्ने सुनेको छु,’ ती सांसदले भने,’हामी बबरमहलमा भेट हुने भनेका थियौं। फेरि यतै खाना खाएर गफ गर्ने भनेर आइएको हो।’

भक्तपुरको बारेमा आफूलाई धेरै थाहा नभएकाले रिसोर्टबारे बताउन नसक्ने उनले बताए।

दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि राष्ट्रपतिले आजसम्मको समय दिएकाले ठाकुरले आफ्ना सांसद भक्तपुर लगेका हुन्। ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छन्। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीलाई हटाउने पक्षमा छन्।

प्रतिकृया दिनुहोस्