RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/८ गते
७७१ पटक

काठमाडौँ – देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापिय क्षेत्रको प्रभावका कारण मौसम बदली हुने भएको हो ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका क्षेत्रमा आंशिक बलदी रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्