RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/८ गते
१००३ पटक

काठमाडौँ – शनिबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद विघटनपछिको अवस्थाको जायजा लिन र ‘प्रभावकारी’ रणनीति तय गर्न पाँच पार्टीको बैठक बस्ने भएको हो।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सहभागी हुने छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई राजनीतिक, न्यायीक र विभिन्न क्षेत्रबाट चुनौति दिनेबारे छलफल हुने स्रोतले बताएको छ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी सदर गर्ने आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति वक्तव्य जारी गरेकी थिइन्।

राष्ट्रपतिको वक्तव्यपछि प्रधानमन्त्रीले मध्यरातमा मन्त्रीपरिषदको बैठक राखे। संसद भंग गरि मध्यावधी चुनावमा जाने सिफारिस मन्त्रीपरिषदबाट गराई (शनिबार बिहान १२ः५० बजे) राष्ट्रपति कार्यालय पठाए।

प्रतिकृया दिनुहोस्