RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१२ गते
१२७८ पटक

पुर्वा मन्त्री नरेश भण्डारीको गाउँपालिका गुठीचौर गाउँपालिकाको एक्साभेटर डोजर पुर्व मन्त्री भण्डारीका बुवा अध्यक्ष हरीवहादुर भण्डारीले आफ्नो निजी स्याउ फार्ममा प्रयोग गरेको खुल्नमा आएको। गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँ नजिक थापाखेत भन्ने स्थानमा झण्डै ५ हजार वर्ग मिटरमा रहेको स्याउ बगैँचामा डोजर प्रयोग भएको हो ।

कोरोना माहामारीका बेला गाउँपालिका सिल भएको मौका छोपि अध्यक्ष हरि बहादुर भण्डारीले निजी स्याउ फार्ममा डोजर प्रयोग गर्नु गुठीचौरका नागरिक माथि सरकारले अन्याय र अत्याचार गरेको २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट गाउँपालिका अध्यक्षमा पराजित हुनु भएका दानवहादुर बुढाले बताउनु भयो ।

सरकाले गरेको अक्षम्य र गैर कानुनी कार्य नगर्न र नगराउन उहाँले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत ध्यानकर्षण गराउनु भएको छ । अध्यक्ष भण्डारीले स्याउको बगैँचा सम्याउनको लागि डोजर प्रयोग गर्नु भएको पाईको छ । गाउँपलिकाबाट डोजर प्रयोग गर्नको लागि शुल्क नतिरे र अध्यक्ष भण्डारीले जेष्ठ महिनाको ९ र १० गते दुई दिन डोजर प्रयोग गरेका छन् ।

गाउँपालिकाले डोजर प्रयोग गर्नको लागि अग्रिम रुपमा प्रतिघण्टा ३ हजार दुई सय देखि ३ हजार ५ सयसम्म रसिद काट्नु पर्ने नियम गाउँपालिको छ । तर, अध्यक्ष भण्डारीले नियमलाई उल्लंघन गर्दे विना रसिद डोजर प्रयोग गरेको बुढाले जानकारी दिनु भयो । शुल्क तिरेर डोजर प्रयोग गर्न पाउने सबैको अधिकार भए पनि गाउँपालिकाको राजश्व शाखाबाट रसिद नकाटी अध्यक्ष भण्डारीले डोजर प्रयोग गर्नु भएको हो ।

गाउँपालिका अध्यक्षको उक्त कदम भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम सार्वजनिक संस्थाको सम्पति लापरवाहि वा बदनियत गरि हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरे, गराएमा वा मासेमा वा निजि प्रयोग गरेमा निज व्यक्तिलाई कसूरदार हुनेछ भन्ने उल्लेख छ ।

अध्यक्ष भण्डारीले सरासर भ्रष्टाचार जन्य काम गरेको बुढाले आरोप लगाएका छन् । स्थानीय सरकार प्रमुखले गरेको गैर जिम्मेवार, गैर कानूनी र भ्रष्टाचार जन्य कदम प्रति गहिरो ध्यानकर्षण भएको बुढाले जानकारी गराउनु भयो । यता गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले गाउँपालिकाबाट रसिद काटेर डोजर प्रयोग गरेको बताउनु भयो ।

जेष्ठ महिनाको ८ गतेका दिन २५ हजार रुपैयाँको चेक गाउँपालिका कर्मचारीलाई दिएर स्याउ बगैँचामा डोजर प्रयोग भएको उहाँले बताउनु भयो । डोजरमा प्रयोग हुने तेल समेत आफैले तिरेको अध्यक्ष भण्डारीले बताउनु भयो । गाउँपालिका भित्रका नागरिकले शुल्क तिरेमा डोजर प्रयोग गर्न पाउने भन्दै अध्यक्ष भण्डारीले आफु पनि गुठीचौर गाउँपालिको नागरिक भएकाले लागेको शुल्क तिरेर डोजर प्रयोग गरेको जानकारी गराउनु भयो ।

कोरोनाका कारणले गाउँपालिका सिल भएको हुनाले राजश्व फाँटका कर्मचारी उपस्थित नहुँदा स्थानीय सरकारको नाममा राजश्व जम्मा हुन बाँकि रहेको उहाँको भनाइ छ । स्थानीय तहको निर्वाचनमा पराजित हुनु भएको बुढाले आफुमाथि मिथ्या आरोप लगाएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

गाउँपालिकाले नियम अनुसारको डोजर प्रयोगको रकम रसिद काट्दा अध्यक्ष भण्डारीले झण्डै ८४ हजार रुपैया तिनु पर्ने देखिन्छ । अध्यक्ष भण्डारीले एक दिनमा १२ घण्टा मात्रै डोजर चलाएपनि दुई दिनको जोड्दै २४ घण्टा हुन्छ । प्रति घण्टा ३५ सय रुपैयाका दरले २४ घण्टाकोे हिसाब गर्दा ८४ हजार रुपैया भण्डारीले गाउँपालिको खातामा जम्मा गर्नु पर्ने हुन्छ ।
तर, अध्यक्ष भण्डारीले आफु बच्नको लागि २५ हजार राजश्व तिरेको जानकारी दिनु भएको छ । स्थानीय सरकारको सार्वजनिक सवारी साधान चरम दुरुपयोग हुँदा पनि कर्मचारीले पूर्ण सहयोग गरेको देखिन्छ । सामाजिक स‌ंजालमा डोजर प्रयोग भएको विषयमा व्यापक गुनासो आएपछि मिलाउनको लागि अध्यक्ष भण्डारीले २५ हजारको रसिद काट्नु भएको रहेछ ।

बैँक बन्द भएका कारण रसिद काटेको रकम जम्मा हुन सकेको छैन् । डोजर चालक जीवन बुढथोकिका अनुसार स्याउ बगैँचा सम्याउनको लागि जेष्ठ ९ र १० गते डोजर प्रयोग भएको बताउनु भयो । रसिद काटेको वा नकाटेको विषयमा आफुलाई जानकारी नभएको उहाँको भनाइ छ । रसिद काटे नकाटेको विषयमा थप बुझ्न खोज्दा राजश्व फाँटका कर्मचारी तिल प्रसाद पाण्डे ९८४८३८२८९७ नम्बर स्विच अफमा राखिएको थियो ।

गुठीचौर गाउँपालिकाको एक कर्मचारीका अनुसार अध्यक्ष भण्डारीले २५ हजार रुपैयाँको चेक बुझाएको बताउनु भयो । डोजरमा प्रयोग हुने तेल पनि भण्डारीले आफै हाल्नु भएको हो । डोजरमा प्रयोग भएको तेल समेत जाड्दै झण्डै ५० हजारको हाराहारीमा खर्च भएको ति कर्मचारीले बताएका छन् ।

नौरते नेपाली

जुम्ला स्थित रेडियो कर्णालीका कार्यक्रम संयोजक र गोठिचौर गाउँपालिकाका वडा नम्बर ५ का स्थानिय बासी पनि हुन.

प्रतिकृया दिनुहोस्