RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१३ गते
१८७३ पटक

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप दिने घोषणाको जानकारी दिएकी हुन्।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि यसअघि चीनले नेपाललाई ८ लाख खोप अनुदान दिएको थियो। चिनियाँ भेरोसेल खोप कोरोनाविरुद्ध प्रभावकारी मानिएको छ।

प्रतिकृया दिनुहोस्