RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१७ गते
८५५ पटक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका छन्। राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा मुख्यमन्त्री पोखरेलले मतदान गरेका हुन्।

सोमबार बिहान ९ बजेदेखि मतदान सुरू भएको छ। मतदान गर्ने समय आज अपरान्ह ३ बजेसम्म छ। रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचनमा मतदान भइरहेको हो।

निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार छन्।

पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन्।उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाताले मतदान गर्न पाउने छन्।

आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्य भएको हो । यसअघि ७९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने मतदाता नामावली सार्वजनिक गरिएको थियो।

उनकाअनुसार केन्द्रीय निर्वाचन आयोगले जसपाबाट मन्त्री बनेका चार सदस्यलाई पनि पूरक मतदाताको अधिकार दिएको हो। यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उहाँहरुको नाम थिएन।

उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ।

 

प्रतिकृया दिनुहोस्