RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१८ गते
१२२९ पटक

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा गत साता स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुनसक्ने बताइएको छ । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएको छ।

 

प्रतिकृया दिनुहोस्