RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१९ गते
९०३ पटक

सरकारले मुलुकभरका सवै अस्पतालहरुलाई एक साताभित्र उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिज्ञप्ती जारी गरी सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताललाई ७ दिनभित्र उपचार गर्दा लाग्ने रकमको मूल्य सूची सार्वजनिक गर्न निर्देशन दिएको जानकारी गराएको हो ।

मन्त्रालयले शुल्क विवरण वेबसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो । उक्त विवरण इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना महामारीमा कतिपय अस्पतालले बिरामीको उपचार गरेबापत चर्को रकम असुल गरेको, उपचारको लागि आवश्यक सामग्री वन्दोवस्त गर्न बिरामीका आफन्तलाई लगाएको, आवश्यकताभन्दा बढी औषधि खरिद गर्न लगाएको, अनावश्यक परिक्षण गर्न लगाएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्