RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१९ गते
७५३ पटक

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्डको बुधबार २० वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंश नाश भएको थियो ।

हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहित १२ बढीको हत्या भएको थियो । हरेक शुक्रबार हुने पारिवारिक जमघटका बेला भएको घटनामा राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग विक्रम र अन्य राजपरिवारका सदस्यहरूको पनि हत्या भएको थियो ।

उक्त वंशनाशको घटना अझै पनि रहस्यमय नै छ । तत्कालीन अवस्थामा घटनापछि सरकारले छानबिन समिति बनाएर तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

युवराज वीरेन्द्रले आफूले चाहेको प्रेमिकासँग विवाह गर्न परिवारले स्वीकृति नदिएको झ्वाँकमा वंश नै नाश गरेको पनि बताइन्छ । तर युवराजका साथीहरु र संगतीहरुले कहिल्यै पनि उनी त्यो हदसम्म जान नसक्ने भनी यो घटनालाई रहस्यमा पार्नका लागि किंवदन्ती बनाइएको बताउँछन् ।

उदार राजाको छवि बनाएका वीरेन्द्रकै कारण नेपालमा बहुदल आएको थियो । २०४६ सालको जनआन्दोलनमा कमभन्दा कम क्षति होस् भन्नेमा राजा थिए । त्यसैगरी उनै राजाले माओवादीको सशस्त्र द्धन्द्धमा माओवादी पनि नेपाली नै भएकाले सेनाद्धारा निमिट्यान्न पार्न हुन्न र शान्ति वार्तामा ल्याएर मुलुकलाई फेरि शान्त बनाउनु पर्छ भन्ने पक्षमा थिए ।

मुलुकमा राजतन्त्र हटेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि राजा वीरेन्द्रको वंश नाश भएको जेठ १९ को घटनाले अहिले पनि नेपालीलाई झस्काउँछ ।

 

प्रतिकृया दिनुहोस्