RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२० गते
१७२८ पटक

काठमाडौं ।  सन् २०२२ को कतार विश्वकप र सन् २०२३ को चीन एसिया कपका लागि नेपालले दोस्रो चरणको छनोटमा ताइपेइसँग खेल्न लागेको हो ।

अवे खेल खेलिसकेको नेपालले घरेलु दशरथ रंगशालामा खेल्नुपर्ने खेल कोरोना भाइरसको महामारीका कारण तटस्थ स्थल कुवेतमा खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे शरु हुनेछ । पहिलो चरणको खेलमा नेपालले ताइपेइलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले अहिलेसम्म ताइपेइलाईमात्र हराएको छ । नेपाली मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेइविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् । उनले विश्वकपमा छनोट हुन नसके पनि एसिया कप छनोटको सम्भावना जिवितै रहेको बताएका छन् ।

प्रि(म्याच कन्फरेन्समा  उनले कुवेतको मौसममा खेल्न भने कठिन हुने बताएका छन् । उनले धेरै मैत्रिपूर्ण खेल खेल्न नपाए पनि युवा टिम भएकाले जितका लागि नै खेल्ने बताए ।

अंकविहीन ताइपेइ पुछारमा छ । ४ खेलबाट शतप्रतिशत नतिजासहित १२ अंकको अष्ट्रेलिया पहिलो, ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालले जेठ २५ गते जोर्डनसँग र जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ ।

त्यस्तै ताइपेइलाई २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० को तथा जोर्डनसँग ३–० को हार बेहोरेको थियो । नेपालले गत शनिबार ईराकसँग ईराकमै मैत्रिपूर्ण खेल खेलेको थियो । नेपाल ६–२ ले पराजित भएको थियो । त्यसपछि नेपाल सीधै कुवेत गएको हो ।

प्रतिकृया दिनुहोस्