RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२० गते
१३६१ पटक

एप्पलको आउँदो नयाँ ‘आइफोन–१३’ ठूलो ब्याट्री पावरका साथ आउने भएको छ। ‘आइफोन–१३’का चारवटा मोडलका ब्याट्री ‘आइफोन–१२’ जस्तै भएपनि त्यसका ब्याट्री पावर धेरै हुने चिनियाँ लिकरले ट्वीटरमा सार्वजनिक गरेका छन्।

एप्पलले ‘आइफोन–१३’का फिचरबारे कुनै आधिकारिक जानकारी दिएको हुनाले ब्याट्री पावर ठूलो हुने कुरा हल्लाको रुपमा मात्रै सिमित छ। तर अब आउने नयाँ आइफोनहरुमा कम्पनी विशेषगरी लामो ब्याट्री पावर फिचरमा ध्यान दिने रिर्पोटले अनुमान गरेको छ।

जीएसएम एरेनाका अनुसार ‘आइफोन–१३ मिनी’मा दुई हजार चार सय ६ एमएएचको ब्याट्री पावर हुनेछ। यसैगरी ‘आइफोन–१३’ र ‘आइफोन–१३ प्रो’मा तीन हजार ९५ एमएएच ब्याट्री पावर हुनेछ। यो सिरिजको प्रिमियम मोडल ‘आइफोन–१३ प्रो म्याक्स’ भने चार हजार तीन सय ५२ एमएएच ब्याट्री पावरका साथ उपलब्ध हुनेछ।

यी सबै ‘आइफोन–१२’का ब्याट्री पावरको तुलाना धेरै हो। ‘आइफोन–१२ मिनी’मा दुई हजार दुई सय २७ एमएएचको ब्याट्री पावर छ भने, ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’मा दुई हजार आठ साय १५ एमएएच ब्याट्री पावर छ। यसको प्रिमियम मोडल ‘आइफोन–१२ प्रो म्याक्स’मा तीन हजार छ सय ८७ एमएएच ब्याट्री पावर छ।

‘आइफोन–१३’का ब्याट्री आकारपनि पहिलेभन्दा केही ठूलो हुनेछ। पुराना आइफोनको तुलानामा ‘आइफोन–१३ प्रो म्याक्स’का ब्याट्री १८ प्रतिशत, ‘आइफोन–१३’ र ‘आइफोन–१३ प्रो’ १० प्रतिशत र  ‘आइफोन–१३ मिनी’ ८ प्रतिशतले ठूलो हुने जीएसएम एरेनाले बताएको छ।

एजेन्सी

प्रतिकृया दिनुहोस्