RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२२ गते
७६४ पटक

काठमाडौं । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

। गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमण दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै अस्पताललाई शøया छुट्याउन परिपत्र गरिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा ‘दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र बालबालिका बढी संक्रमित हुन सक्ने अवस्था मध्यनजर गर्दै स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न’ भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १ सय ८२ जनाको पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ सय १ संक्रमितको मृत्यु भएको छ । शुक्रबार ८ हजार ६ सय ६३ संक्रमित निको भएका छन् । देशभर ७ सय ५५ जना क्वारेन्टाइनमा छन् ।

प्रदेश १ मा २१२ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश २ मा १ सय १२ आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत छन् । बाग्मती प्रदेशमा ७ सय १६ आईसीयू र २ सय ५२ भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १ सय ४४ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ५८ आईसीयू र २४ भेन्टिलेटर, कर्णालीमा ४८ आईसीयू र ५ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३२ आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्