RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२८ गते
७४३ पटक

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अरू दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बस्ने तय भएको हो । छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

छलफलमा प्रधानमन्त्री ओली जाने/नजाने अहिले निश्चित भइसकेको छैन । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई सभामुख सापकोटाले संविधानअनुसार नमिल्ने भनेका थिए । सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस्