RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२९ गते
६३८ पटक

कास्की ।  प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो ।प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् ।

कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए भने आज मुख्यमन्त्री गुरुङले पनि दावी गरेका छन् । प्रदेश प्रमु्खबाट अहिलसम्म कुनै सूचना आएको छैन ।

मुख्यमन्त्रीका दावेदार पोखरेलका स्वकियसचिव राजेन्द्र पौडेलले अहिले जारी धर्नामा जनमोर्चाका दुई र जसपाका दुई सांसद उपस्थित रहेको बताए । यसैगरि स्वतन्त्र सांसद दिपक मनाङे पनि धर्नामा छन् ।

प्रतिकृया दिनुहोस्