RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/९ गते
१०७१ पटक

पहिलो पटक ठूलो मात्रामा जुम्ली मार्सीधानको चामल, सिमी र कोदो अन्तर्राष्ट्रिय बजार क्यानडा निर्यात भएको छ । कोरोना कहरकै समयमा आइतबार नेपालबाट १८ टन जुम्ली मार्सी, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो ।

कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले क्यानडा स्थित (लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो) कम्पनीका प्रमुख डा.पूर्ण कँडेलको समन्वयमा जुम्ली मार्सी सिमी र कोदो निर्यात गरिएको छ ।

जसमा १४ टन मार्सी चामल, ४ टन सिमीको दाल र १ टन कोदो निर्यात भएको कर्णाली सेफ एण्ड सुपरफुट इन्ड्रस्ट्रीचका कार्यकारी प्रमुख शाहीले बताए । उनले भने, “नेपाली राष्ट्यि झण्डा अंकितसहित १८ टन अर्गानिक वस्तु निर्यात भएको छ । लेवलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्था गरेको हो ।” सो सामग्री करिब ५५ दिनमा क्यानडा पुग्ने अनुमान गरिएको छ ।

यसअघि जुम्लाको सिंजा क्षेत्रबाट १३ टन र तातोपानी गाउँपालिका ४ गिडीखोलाबाट १ टन मार्सी, काठमाडांै पुगेको थियो । करिब ५२ लाख बराबरको कृषि वस्तु निर्यात भएकोमा ८÷९ लाख कन्टेनर भाडा लाग्ने र बाँकी रकम जुम्ली किसानले पाउने छन् ।

ठूलो परिणाममा जुम्ली मार्सि चामल, सिमी, कोदो लगायतको जुम्ली कृषि वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात भएपछि जुम्ली किसान हर्षित भएका छन् । विगतमा नेपालको बासमती चामल लिएर बेच्ने क्यानडाको लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पन्नीले यस वर्ष जुम्ली मार्सी सिमीको माग गरेको थियो ।

गत फागुनमै निर्यात गर्ने तयारी भएपनि कोरोना प्रक्रिया नमिलेको र पछि कोरोनाले ढिलाई भएपनि जुम्ली अर्गानिक वस्तु क्यानडा निर्यात भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सीको बजारीकरण गर्नुका साथै आर्थिक आम्दानी हुने, किसानको जीवनस्तर उकास्नेसँगै समग्र कृषि प्रधान देशको रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्य बल्ल सार्थक भएको व्यापारी शाहीको भनाइ छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमीको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आर्कषण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

विश्व बजारमा जुम्ली मार्सीको माग बढेसँगै तत्तकाल अष्ट्रेलियाबाट माग आएको छ । अबको ५÷६ दिनमा अष्ट्रेलियामा ५ टन मार्सी सिमी निर्यात गरिने भएको छ । बाँकी २० टन आगामी अगष्ट महिनामा पठाइने शाहीले बताए ।

कारोबार दैनिकबाट………….

प्रतिकृया दिनुहोस्