RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१० गते
६४३ पटक

काठमाडौँ — ग्रुप अफ डेथ मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिमले बिहीबार युरो २०२० को नकआउट चरण यात्रा तय गरेका छन् । लिग चरणका अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेले ।

यस्तै जर्मनी र हंगेरीले पनि समान २–२ को बराबरी खेले । फ्रान्स पाँच अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि जर्मनी र पोर्चुगलको चार/चार अंक रह्यो । युरोपेली च्याम्पियन पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

विश्व च्याम्पियन फ्रान्सका तर्फबाट करिम बेन्जेमाले दुई गोल गरे । अर्को खेलमा जर्मनीका लागि काइ हार्भटेज र लियोन गोर्टेज्काले गोल गरे । हंगेरीका लागि गोल गर्ने खेलाडी एडम साबा र आन्द्रास सफेर रहे ।

प्रतिकृया दिनुहोस्