RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१२ गते
९१८ पटक

काठमाडाैँ – लगातार वर्षा भइरहेकाेले आज (शनिबार) देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ।

आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने  पूर्वानुमान गरिएकाे छ।

शनिबार बिहानकाे मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेकाे छ। तर पानी पर्ने क्रम जारी रहेकाेले जुनसुकै बेला नदीमा बहाव बढ्न सक्ने भएकाेले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएकाे हाे।

आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनकुटा, ताप्लेजुङ, संखुवासभासहित प्रदेश २ को बारा, धनुषा,सिरहा, सप्तरी र बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चिवतन, मकवानपुर, काठमाडौँ र सिन्धुली लगायतका जिल्ला भइ बहने नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ।

यस्तै गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, परासी तथा लुम्बिनी प्रदेशको नवलपुर, गुल्मी, पाल्पा, दाङ त्यसैगरी कर्णाली प्रदेशकाे जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, डोल्पा र आसपासका जिल्ला भएर बहने स-साना नदी जलाधारमा बहाव बढ्ने र
काठमाडाैँ उपत्यकासहितका क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेकाे छ। दिउँसाे देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्