RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१९ गते
९५२ पटक

कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ।’असार २४ गते बेइजिङ जाने तयारी गर्दैछौं। अहिलेलाई १० लाख डोज भन्ने कुरा छ।

तर यसपटक तौललाई अलिक व्यवस्थापन गरेर धेरै अटाउने भन्ने पनि कुरा छ। त्यो भयो भने दुईचार लाख डोज बढी ल्याउन सकिन्छ,’ पौडेलले भने।

चीनबाट ल्याउन लागिएको उक्त खोप ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन।

नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन।

जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ। उक्त खोपको दोस्रो मात्रा भने आगामी असार २२ गतेदेखि लगाइने भनिएको छ।

प्रतिकृया दिनुहोस्