RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२२ गते
१०५४ पटक

काठमाडौं । स्पेन र इटाली लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भिड्ने निश्चित भएको छ । जारी युरो २०२० को नकआउटदेखि एउटै पोलमा रहेका दुई टोलीले सेमिफाइनलमा भेट निश्चित गरेका हुन् ।

शुक्रबार राति भएको पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डमाथि पेनाल्टी सुट आउटमा ३-१ गोलको नतिजामा पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सोही रात भएको अर्को क्वार्टरफाइनलमा बेल्जियममाथि २-१ गोलको जित निकाल्दै इटालीले पनि फाइनल प्रवेशका लागि स्पेनसँगको भेट निश्चित गरेको हो ।

यी दुई टोली फाइनल प्रवेशका लागि मंगलबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भिड्ने छन् ।शुक्रबारका खेलसँगै युरो २०२० को पहिलो सेमिफाइनल तय भएको छ । शुक्रबार राति म्युनिखमा इटालीले विश्व नम्बर एक बरियताको बेल्जियम र स्पेनले स्वीट्जरल्यान्डलाई हराएसँगै मंगलबार रातिको भिडन्त निश्चित भएको हो ।

प्रतिकृया दिनुहोस्