RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२५ गते
७७४ पटक

पार्टीमा देखिएको विवाद समाधानका लागि प्रस्ताव तयार पार्ने जिम्मा पाएको कार्यदलको बैठक सोमवारदेखि लगातार बस्दै आएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा पौने १ बजेदेखि कार्यदलको बैठक शुरु भएको हो ।

बैठकमा संस्थापन पक्षबाट कार्यदलका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षबाट कार्यदलका संयोजक भीम रावल लगायत उपस्थित छन् । बिहीवार नै विवाद टुंगो लगाउने भन्दै दुईपटक बैठक बसेपनि कुनै सहमति जुट्न सकेको थिएन ।

बैठकमा कार्यदलका सदस्यहरु घनश्याम भुसाल, गोकर्ण  बिष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी छन् ।

अध्यक्ष ओली पक्षबाट उपमहासचिव एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल सहभागी छन् ।

कार्यदलमा नरहेका एमाले सचिव भीम आचार्य पनि शुक्रवारको बैठकमा सहभागी छन् । पार्टी विवाद उत्कर्षमा पुगेको बेला बुधवार प्रधानमन्त्री एवं अध्यक्ष ओली र नेता नेपालबीच लामो कुराकानी भएको थियो ।

‘कार्यदल स्तरमा धेरै विषयमा सहमति भएका छन् र बाँकी विषयमा पनि सहमति जुटाउन समस्या छैन,’ कार्यदलका ती सदस्यले भने, ‘शीर्ष नेताले सहमति गरेमा छिट्टै कुरा मिल्ला ।’

प्रतिकृया दिनुहोस्