RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२७ गते
७७४ पटक

काठमाडौँ — आन्तरिक विवाद समाधानमा जुटेका दोस्रो तहका नेताहरु सम्मिलित  एमालेको कार्यदल बैठक सिंहदरबारमा सुरु भएको छ । शनिबारको बैठकपछि सदस्यहरुले आइतबार विहान सुखद खबर सुनाउने प्रतिक्रिया दिएका कारण  बैठकलाई चासोपूवर्क हेरिएको छ । बैठकपछि एमाले विवाद समाधानको औपचारिक घोषणा हुने नेताहरुले दाबी गरेका छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान आठ बजे बस्ने भनिए पनि कार्यदलमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेपछि बैठक करिब डेढ घण्टा ढिला सुरु भएको हो । कार्यदल बैठकमा सहभागी हुनुपूर्व नेपालपक्षीय नेताहरुले कोटेश्वर पुगेर वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए ।

नेपालसँग नेताहरु भीम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्यले छलफल गरेका थिए । यसो त शनिबार राति पनि नेता नेपाल समूहको स्थायी कमिटी बैठकमा कार्यदल तहमा जुटेको सहमतिबारे छलफल भएको थियो ।

सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि ब्युँतिएको एमालेमा आन्तरिक विवाद उत्कर्समा पुगेपछि ओली र नेपालबीच १० सदस्यीय कार्यदल बनाएर समस्या समाधानको कोसिस गर्ने सहमति भएको थियो । सोहीअनुसार गत जेठ २ मा बनेको कार्यदलमा विभिन्न चरणमा भएका औपचारिक अनौपचारिक छलफलमा सदस्यहरुले सहमति जुटाएका हुन् ।

तर, कार्यदलले ओली र नेपालको कार्यविभाजनको विषयमा भने कुनै टुंगो लगाएको छैन् । कार्यदल सदस्यहरुले यो विषय शीर्ष दुई नेता बसेर मात्र टुंगाउन सम्भव हुने बताउँदै आएका छन् ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्