RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/३० गते
७८७ पटक

काठमाडौं :  नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर आज बालकोट निवास सरेका हुन्।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए।  एमाले अध्यक्ष रहेका ओलीलाई कार्यकर्ता, युवा संघ नेपाल, अनेरास्ववियूले गाडी र मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गरिरहेका छन्।

एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम राखेका थिए।

ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै सर्वोच्च अदालतको परमादेशबाट सरकारबाट बाहिरिनुपरेको स्पष्ट पारेका छन्।ओलीले मंगलबार सिंहदरबारबाट  देशवासीका नाममा सम्बोधन गर्दै भने, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ।

सरकारबाट बाहिरिँदा चिन्ता नभएको उनको भनाइ थियो। उनले सर्वोच्चको फैसला मान्ने पनि बताए। ‘फैसलाको पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको कुरा म प्रष्ट पार्न चाहन्छु’, ओलीले भने, ‘नेपालको संविधान अक्षरको सँगालो मात्र होइन। दशकौं लामो संघर्ष र बलिदानको उपज हो।’

आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले यो अवस्था सिर्जना भएको हो।

विपक्षमा उभिए संसद पुनः धरापमा पर्नेछ। सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरे पनि एक महिनाभित्र उनले संसदमा विश्वासको मत लिने अवस्थासम्म एमालेले गर्ने निर्णयले राजनीतिको भविष्य निर्धारण गर्नेछ।

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि सर्वोच्चमा दायर रिटमा एमाले वरिष्ठ नेता नेपाल खनाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। स

प्रतिकृया दिनुहोस्