RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/३० गते
६०३ पटक

एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य नेताको हकमा गल्ती कमजोरी स्वीकारेर एमालेमा आउने छूट भएपनि माधव नेपालको हकमा गल्ती स्वीकार्ने ठाउँ नभएको बताएका छन् ।

बुधवार सरकारी निवास छाडेर भक्तपुरको बालकोटस्थित निवासमा प्रवेश गरेपछि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई ‘लाज शरम हराएको व्यक्ति’ भनेर आरोप लगाए ।

‘हाम्रै पार्टीभित्र घुसपैठ भयो । पार्टी, लोकतन्त्र र आफ्नै सरकार ढाल्ने काम भयो । माधव नेपाल जस्ता लाज शरम हराएका व्यक्तिले त्यसको अगुवाइ गरे,’ ओलीले भने ।

‘अन्य कार्यकर्ता कमजोरी स्वीकारेर पार्टीमा आए भूमिका दिइने छ । माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन,’ ओलीले भने, ‘यो परिस्थितिको निर्माण गर्ने, विकासप्रेमी सरकार ढाल्न अगुवाइ गर्ने माधव नेपाल हुन् ।’

ओलीले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहणमा माधव नेपालले हात अगाडि बढाएकोमा पनि व्यंग्य गरे ।

‘देउवाले हात दिन मानेका छैनन्, तर हात दिन अगाडि सरे,’ ओलीले भने । उनले आफ्नो बिदाइका लागि घरसम्म आएका कार्यकर्तालाई धन्यवाद पनि दिए ।

प्रतिकृया दिनुहोस्