RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/७ गते
५०२ पटक

नेपालकै पुरानो मध्येका एक सप्तरीस्थित चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा परेको छ । सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो ।

नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् । चन्द्र नहरको बाँध भत्केर ती वडाका घर घरमा दुई/तीन फिटसम्म पानी जमेको उनले जानकारी दिए ।

सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा सप्तकोसी नगरपालिकाका जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताए ।

बाढीले बाँध सँगै नहर छेउको ठूलो सिमलको रुख समेत ढालेर दुई स्थानमा गरी करिब ५० मिटर नहर कटान गरेको उनको भनाई छ । नगरक्षेत्रका खहरेखोलाको बाढी ओभरफ्लो भई निरन्तर धक्का दिन थालेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको स्थानियवासी दिनेश शर्माले बताए ।

विगतमा पनि सप्तकोसी नगरपालिका ९ कमलपुरमा चन्द्र नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर करोडौंको क्षति पु¥याएको थियो ।

यता जिता नदीको बाढीले जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुर, वडा नं. ५ बरसाइन र वडा नं. ८ तोपाका करिब सय भन्दा बढी घर डुबानमा पारेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिएका छन् ।

दुई दिन यता निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर निकै बढेकोले स्थानिय प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ ।

राजधानी दैनिक………….

प्रतिकृया दिनुहोस्