RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/७ गते
९०५ पटक

काठमाडौं, ७ साउन । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कानून विपरित ३० लाख रुपियाँ उपचार निकासा गरेको खुलासा भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् । खनालको मिर्गौलामा समस्या छ । उनका दुबै मिर्गौला प्रत्यारोपण गरिनेछ ।

ओली नेतृत्वको मन्त्रिपरिषदले एमालेका नेता खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार ओलीले मन्त्रिपरषदबाट ३० लाख रुपियाँ दिने निर्णय गराएका छन् ।

तत्कालीन अर्थमन्त्री पौडेल पूर्वप्रधानमन्त्री खनाललाई ३० लाखा रुपियाँ निकासा गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

२०७५ असोज २ गतेदेखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्च सरकारले व्यहोर्ने जनाएका थिए । देउवाले उपचार खर्च दिनुभन्दा अगाडि नै तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले खनाललाई तीस लाख रुपियाँ दिइसकेको खुलासा भएको छ ।

पूर्वप्रधानमन्त्री खनाल आफ्ना उपचार गर्न नसक्ने अवस्थामा छैनन् । उनी सम्पन्न परिवारका व्यक्ति हुन् । उनका छोरा नाम चलेका ठेकेदार पनि हुन् ।

www.dainiknepal.com

प्रतिकृया दिनुहोस्