RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१० गते
६१२ पटक

काठमाडौं, १० साउन । चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाखमध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ ।

खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाखमध्ये आज अन्तिम खेप ल्याउन लागिएको हो । निगमले जम्मा खोप ल्याउन काठमाडौँबाट बेइजिङका लागि योसहित चारवटा उडान गरेको छ ।

सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्