RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/११ गते
९७७ पटक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक अहिले जारी छ । नयाँ बानेश्वरस्थित एक होटलमा जारी बैठकमा सहकारमा सहभागिताबारे छलफल भइरहेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल गर्दै आएका छन् ।

कानुनी र राजनीतिक जटिलताका कारण माधव नेपाल समूह सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा कुनै निर्णय दिइसकेको छैन । एमालेका नेताहरुबीचमा पनि पार्टी एकताका लागि पहल जारी भइरहेकाले सरकारमा सहभागिताबारे कुनै निर्णय हुन नसकेको हो ।

 

प्रतिकृया दिनुहोस्