RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/८ गते
८४५ पटक

शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिकरुपमा परीक्षा लिन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि संसद समितिको सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर परीक्षा संचालन गर्न निर्देशन दिनुभएको हो ।

यसअघि साउन ३१ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थगित भएको थियो ।

३ लाख ९६ हजार विद्यार्थी रहेका कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर सबै विद्यार्थीलाई खोप लगाई दशैँअघि नै भौतिक उपस्थितिमा परीक्षा लिने तयारी भएको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्