RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/११ गते
७२७ पटक

अविरल वर्षाले रूपन्देहीका अधिकांश स्थानहरू डुवानमा परेका छन्।तिलोत्तमा नगरपालिकाको मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले रुपन्देहीका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, सिद्धार्थनगर, तिलोत्तमा लगायत अधिकांंश स्थान डुवानमा परेको बताए।

वर्षापछि आएको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरुसिंगे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ।

पूर्व-पश्चिम राजमार्गको बुटवल बर्दघाट खण्डको घोडाहा पुल भासिनुको साथै निर्माणाधिन सडकमा रहेका ३ वटा डाईभर्सन बाढीले बगाएको छ।

सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक पनि पहिरो खसेर अवरुद्ध छ। उक्त सडकखण्डको गिट्टीखोला र राम्दीपुल नजिकै पहिरो खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

प्रतिकृया दिनुहोस्