RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१९ गते
१०५९ पटक

आज वाग्मती, गण्डकी र प्रदेश–२ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण यी ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार देशका अरु ठाउँमा भने आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले देशका अरु ठाउँमा भने ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना नभएको उहाँले बताउनुभयो। आज राति पनि वाग्मती, गण्डकी, कर्णाली र प्रदेश-२ का केही ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्