RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२१ गते
६७९ पटक

काठमाडौं । वंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनप्रसाद अर्यालले दिएको जानकारीअनुसार राती २ बजेदेखि मेघ गर्जनसहित भएको भारी वर्षा अझै रोकिएको छैन । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

राती २ बजेदेखि काठमाडौं आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ,’ उनले नेपाल प्रेससँग भने, ‘एयरपोर्ट वर्षा मापन केन्द्रमा रातीदेखि अहिले ७ बजेसम्म १ सय ५ मिलिलिटर वर्षा भएको छ । बुढानीलकण्ठ, भक्तपुर, बबरमहल केन्द्रमा पनि १ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।’

अघिल्लो साता झरीपछि चार दिनदेखि मौसममा सुधार भएको थियो । चर्को घामका कारण स्थानीय वायु सक्रिय भएको र बंगालको खाडीबाट उत्तर पश्चिम क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण नेपालतर्फ आएको जलवास्पयुक्त हावाका कारण वागमती प्रदेशका क्षेत्रहरुमा भारी वर्षा भएको अर्यालले जानकारी दिए ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ ।

प्रतिकृया दिनुहोस्