RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/३ गते
७९५ पटक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ को अवसरमा आठ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको जनाएको छ ।

‘नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, श्री सर्वोच्च अदालतको १९ साउन २०७७ को परमादेश, मुलुकी अपराध संहिता, २०७४ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम ५ सय २३ जनाको कैद कट्टा गरेको’ राष्ट्रपति कार्यालयक प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

गत २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका, जेलभित्र रहँदा गलत काम नगरेका र जघन्य अपराधमा सजायमा नपरेकाहरूलाई कैद कट्टा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका आठ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको छ

प्रतिकृया दिनुहोस्