RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१२ गते
८२९ पटक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्दै हुनुहुन्छ । आज (मंगलबार) अपराह्न छलफलको कार्यक्रम तय भएको हो ।

सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्री छँदा पनि उहलोँ बालुवाटारमा दुई–तीन पटक सम्पादकहरूसँग छलफल गर्नुभएको थियो ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।

मिडिया सम्पादकहरूसँगको छलफल अपराह्न ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।ले बालुवाटारमा दुई–तीन पटक सम्पादकहरूसँग छलफल गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्