RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१५ गते
९६५ पटक

नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १३ हजार तीनसय ६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।१० हजार एक सय १३ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।

९३८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्।

प्रतिकृया दिनुहोस्