RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१७ गते
८८१ पटक

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा सहमति नजुटेपछि पार्टी अध्यक्ष प्रचण्डले मिलाउनुपरेको छ ।

अध्यक्षका ६ जना प्रतिस्पर्धीहरू सुरेन्द्र बस्नेत, पञ्चा सिंह, विजय गौतम, उत्तम अधिकारी, दिपेश पुन र तिलकराम भण्डारीलगायतलाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले महिलालाई अघि बढाउँ भन्दै पञ्चाको नाममा सहमति खोजेको स्रोतले जनाएको छ ।

एमालेनिकट अनेरास्ववियूले अहिलेसम्म तीनजना महिला अध्यक्ष बनाएर उदाहरण देखाएको र अहिले पनि महिला नै अध्यक्ष बनाएको भन्दै पञ्चाको नाममा अरु प्रत्याशीको समर्थन मागेको बताइएको छ ।

यसअघि अध्यक्षका दाबेदारहरूबीच सहमति नभएपछि अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो ।

पञ्चा अध्यक्ष र दिपेश पुनलाई महासचिव बनाएर अन्य अध्यक्षका प्रत्याशीलाई पार्टीमा २० प्रतिशत ४० वर्षमुनिका युवालाई समेट्ने नीतिअनुसार केन्द्रीय सदस्य बनाइने आश्वासन दिइएको छ ।

प्रतिकृया दिनुहोस्