RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/२० गते
४७२ पटक

काभ्रे — स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चैत्र मसान्तसम्म नेपाललाई कोरोनाविरुद्धको पूर्ण खोप घोषणा गर्ने दाबी गरेका छन् । मंगलबार मण्डनदेउपुर–१० स्थित चण्डेनीमण्डन स्वास्थ्यचौकी भवन शिलान्यास गर्दै उनले १८ वर्षमुनिका बालबालिकालाई आवश्यक १ करोड डोज खोप मंसिर–पुससम्म ल्याइसक्ने दाबी गरे ।

कोरोनाविरुद्धको खोप नै आफ्नो प्राथमकिता भएको भन्दै साढे २ महिनाको अवधिमा १ करोड डोप खोज ल्याएको दाबी गरे ।

भवन निर्माण सुरु

भारत सरकारको सहयोगमा बन्ने जिल्लाका १२ स्वास्थ्य चौकी निर्माण थालिएको छ । २ करोड ८२ लाख ६५ हजार १ सय २१ रूपैयाँ लागतमा निर्माण हुने चण्डेनीमण्डन स्वास्थ्य चौकी भवन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले एक कार्यक्रमबीच शिलान्यास गरे ।

१८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको वडाअध्यक्ष विष्णुमणि नेपालले जानकारी दिए । उनले संरचना बनेरमात्रै पर्याप्त नहुने भन्दै चिकित्सकको दरबन्दी कायम गरिदिन राज्यमन्त्री श्रेष्ठलाई अनुरोध गरे ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) काभ्रेका प्रमुख सन्तोष निरौलाका अनुसार, भारत सरकारको अनुदानमा जिल्लाका १२ स्थानमा स्वास्थ्य चौकी बन्दैछन् । नेपाल सरकारले थप ११ को लागि बजेट विनियोजन गरेको जानकारी दिँदै उनले २३ मध्ये १८ वटामा काम सुरु भएको र ५ वटाको सम्झौता गर्न बाँकी छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्