RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१० गते
८०७ पटक

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

यस्तै तराईका भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।महाशाखाले देशका थोरै स्थानहरुमा मात्रै हल्का वर्षाको सम्भावना रहेको बताउँदै उच्च पहाडी तथा हिमाली भूभागका  थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

यसैगरी राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र तराईका भूभागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ। यसैगरी पहाडी भूभागका एक दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका  एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । यसैबीच बुधबार बिहान पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा  रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्