RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१० गते
६८६ पटक

काठमाडौं : चीनबाट खरिद गरेको १० लाख २० हजार डोज कोरोनाविरुद्धको भेरोसेल खोप काठमाडौं आइपुगेको छ। उक्त खोप बुधबार बिहान काठमाडौं आइपुगेको हो।

नेपाल र  चीन सरकारबीच कोभ्याक्स कष्ट सेयरिङअन्तरगत ५९ लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार बुधबार आएको यो पहिलो लट हो।

अब केही दिनभित्रै खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि पनि चीन सरकारले  नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो।

प्रतिकृया दिनुहोस्