रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१४ गते
५३९ पटक
काठमाडौं : ७ हजार ८९९ नमूना परीक्षणमा ४ सय ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ५ हजार ७३१ नमूनाको पीसीआर र २ हजार १६८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
जसमध्ये पीसीआर विधिबाट ३७६ र एन्टिजेन विधिबाट ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३४०७ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप ५ सय १८ जना कोरोनामुक्त भएका छन्।