RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१९ गते
७९१ पटक

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् ।

हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यस वर्ष आज नै गोरु तिहार पनि परेको छ । तिथिहरूको घटबढका कारण यो वर्ष गाई र गोरु तिहार एकैदिन परेको छ । गाई जगत्जननी भएकाले पनि सनातन संस्कृतिअनुसार पूजा गर्ने गरिएको सर्वसाधारण बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणको भनाइ छ ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ ।  आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्