RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२२ गते
६३३ पटक

काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् । ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंमा दुई सय नौजना जुवाडे पक्राउ पर्दा ४६ लाख ३८ हजार २५ रुपैयाँ र भक्तपुरबाट पक्राउ परेका ३४ जनासँग १५ लाख ८१ हजार नौ सय २० रुपैयाँ गरी ६२ लाख १९ हजार नौ सय ४५ रुपैयाँ बरामद भएको छ ।

प्रहरीका अनुसार लक्ष्मीपूजाका दिन बौद्ध जोरपाटीको नयाँबस्ती ओलाङचुङगोला गुम्बास्थित सागर लामाको घरबाट पक्राउ परेका बर्मा लामालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज अस्पतालमा राखिएको छ ।

जुवा खेलेको खालबाट प्रहरीले १८ जुवाडे पक्राउ गरेको थियो भने ६ लाख ३२ हजार पाँच सय रुपैयाँ र ४८ थान कौडा बरामद गरेको थियो ।

पर्वका वेला जुवाखालबाट धेरै जुवाडे पक्राउ परे । उनीहरूको पृष्ठभूमिका सम्बन्धमा त हामीलाई थाहा हुने विषय होइन । कानुनी नजरबाट हेर्दा जुवाखालमा पक्राउ परेका सबै जुवाडे हुन् । उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुन्छ ।’

त्यस्तै, भाइटीकाको दिन भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडाल पुरीगाउँका ५२ वर्षीय मणिराम पुरीको घरबाट १५ जुवाडेसहित कांग्रेस चाँगुनारायण नगर समितिका सहसचिव चन्द्रशेखर खत्री र कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का सचिव जनक खत्री पक्राउ परेका थिए । उनीहरूको खालबाट प्रहरीले १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ र दुई बुक तास बरामद गरेको थियो ।

‘टीकाको दिन जुवाखालबाट १५ जुवाडे पक्राउ परेका थिए । उनीहरूबाट १२ लाख रुपैयाँभन्दा धेरै रकम बारामद भएको छ । उनीहरूलाई तारेखमा छाडेका हौँ,’ उनले भने, ‘तारेखमा राख्नुको अर्थ हिरासतमुक्त गरेको भन्ने होइन ।’

प्रतिकृया दिनुहोस्