RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२६ गते
५८८ पटक

काठमाडौं : नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी छ। बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से ५९.५७ अंकले घटेर २६ सय ९०.२९ अंकमा अडेको छ। २२५ कम्पनीले शेयर कारोबार गरेका छन्। नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ।

मंगलबार नेप्से परिसूचक ७९ अंकले घटेको थियो। सो दिन १३ वटै समूहमा गिरावट आएको थियो। बुधबार सार्वजनिक विदा परेकाले सेयर बजार खुलेन।

यसदिन ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँ मूल्यमा सेयर खरिद-बिक्री भयो। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि १० विन्दु बढीले घटेको छ।

यस्तै कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ। यसदिन फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घटेको हो। त्यसपछि विकास बैंकको सेयर मूल्यमा ३ प्रतिशत बढिले ओरालो लागेको छ।

होटल तथा पर्यटक, जलविद्युत,निर्जीव विमा,अन्य,माइक्रोफाइनान्स,लाइफ इन्स्युरेन्सको सेयर मूल्य २ प्रतिशत बढीले घटेको छ। मानुसी लघुवित्तीय वित्त संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य क्रमश: १० र ९.९९ प्रतिशतले बढेको हो।

यस्तै यसदिन कारोबार रकमका आधारमा महालकक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। यसदिन सो कम्पनीको ४७ करोड ४९ लाख मूल्य बराबरमा सेयर कारोबार भयो।

प्रतिकृया दिनुहोस्