RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२८ गते
७९६ पटक

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।  वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन  महाशाखाको  अनुरोध छ ।

आइतबार देशका प्रदेश  १ का पहाडी  भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी  भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। सोमबार  देशका प्रदेश  १ लगायत अन्य प्रदेशका पहाडी  भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार भने प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रतिकृया दिनुहोस्