RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/३० गते
९५३ पटक

जिल्ला सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मंगलबार राती करीब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागी स्थानीय ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको भन्ने बुझिन आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्र बहादुर भट्टराईले जानकारी गराए । राती साढे १२ बजे आगलागी भएको जानकारी जिप्रकामा आएपछि तत्काल सुरक्षाकर्मीको टोली आगलागी नियन्त्रण्मा जुटेको उनले बताए । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहभागीता रहेको थियो । आगलागीमा परी १७ घर ३ वटा घुम्ती पसल खरानी भएका छन् भने करोडौंको धनमाल, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएको र राति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कायालय मुगुले जनाएको छ ।

प्रतिकृया दिनुहोस्