RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१ गते
५६४ पटक

आज बिहान पहाडी र तराईका केही ठाउँमा आंशिक बादल र हुस्सु लागेको भए पनि दिउँसो भने मौसम सफा रहनेछ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराईका केही ठाउँमा बादल र हुस्सु लागेको र देशभरका अन्य ठाउँमा भने मौसम सफा रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार अब न्युनतम तापक्रम क्रमशः घट्दै जाने भएकाले यी क्षेत्रमा बादल तथा पातलो हुस्सु लाग्न सुरु भएको हो । यस्तो समयमा हवाइजहाज उडानमा केही समस्या आउनसक्ने भएकाले सामान्य सतर्कता अपनाउन उहाँको आग्रह छ ।

काठमाण्डौ उपत्यकामा भने आज बिहानैदेखि मौसम खुलेको छ । आज दिनभरको मौसम देशभर नै सफा रहने अनुमान गरिएको छ । आज राति र भोलि बिहान पनि मौसम सफा नै रहनेछ । पर्सि भने देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । घाम लागेकाले दिनमा केही चिसो कम भए पनि बिहान र बेलुकी भने चिसो हुनेछ ।

२०७८ मंसिर ०१ गते (बुधबार)

दिउँसो:  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। राती:   देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मंसिर ०२ गते (बिहिबार)

दिउँसो:  देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।राती:   देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मंसिर ०३ गते (शुक्रबार)

दिउँसो:   सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:   सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्