RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१ गते
८१४ पटक

काठमाडौँ, १ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने बताएका छन् ।उनले प्रधानन्यायाधीशको सिट खाली भइसकेको प्रतिक्रिया दिँदै नयाँ नियुक्ति गर्नुपर्ने धारणा राखेका छन् ।

वुधवार नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा भएको धर्ना कार्यक्रमपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

थापाले अब सरकार र प्रतिपक्षले नयाँ नियुक्ति गर्नुपर्ने बताए । आफूहरुले यसैका लागि दवाव दिइरहेको थापाको भनाइ छ ।

‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो’, उनले भने, ‘तपाईं र मैले खाली गरिसक्यौ, खाली अर्को मनोनयन गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्