RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/६ गते
४०१ पटक

सरकारले प्रत्येक स्थानीय निकायमार्फत सामूहिक रुपमा कृषि बालीमा बिमा गर्ने तयारी गरेको छ ।
कृषि बालीमा बिमा गर्नका लागि सबै किसानको पहुँच नहुने र गाउँ गाउँमा बिमा कम्पनीले व्यक्तिगत रुपमा बिमा नगर्ने भएपछि सरकारले सामूहिक रुपमा कृषिबाली गर्न लागेको हो ।

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । पशुपंक्षीमा बिमा गरिएपनि बालीमा बिमा नभएकाले स्थानीय निकायमार्फत सामूहिक रुपमा बिमा गर्न लागिएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले स्थानीय निकायमार्फत कृषि बालीमा सामूहिक रुपमा बाली बिमा गर्न लागिएको जानकारी दिए । उनले स्थानीय, प्रदेशस सरकारले किसानको सामूहिक बिमा गर्ने गरी केन्द्र सरकारबाट छलफल भएको जानकारी दिए । व्यक्तिगतरुपमा गर्दा बिमा कम्पनी गाउँ जान स्थानीय निकायमार्फत बाली बिमा गर्दा किसानले उचित क्षति पाउने भएकाले यसको लागि तयारी भइरहेको मन्त्री यादवले जानकारी दिए । पशुपंक्षीमा बिमा भएपनि बालीमा बिमा एकदम न्युन रहेको मन्त्रालयले जानकारी दिएको छ ।
१७औं कफी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले स्थानीय निकायमार्फत कफीमा बिमा गर्नका लागि छलफल भइरहेको जानकारी दिए । कफीको उत्पादन बढी हुने जिल्लामा कफीको भण्डारण बनाउन सकिने बताउँदै मन्त्री यादवले कफीको उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिए । कफी विदेशी मुद्रा आर्जन गर्ने माध्ययमका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने भएकाले यसको उत्पादन बढाउन र बजारीकरणका लागि सरकारले प्राथमिकता दिने मन्त्री यादवको भनाइ छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सचिव निरु दाहालले विश्व बजारमा कफी र चियाको उच्च माग भएकाले उत्पादनमा विशेष जोड दिनुपर्ने बताइन् । पछिल्लो समय कफी उपभोग गर्नेको संख्या सहरमा मात्र नभएर गाउँमा पनि बढेकाले स्थानीय र प्रदेश सरकारमार्फत कार्ययोजना लिएर जानसके उत्पादन बढ्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढ्दै गएपनि उत्पादन कम हुँदा माग अनुसार निर्यात गर्न नसकिएकाले उत्पादनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

केन्द्रीय कफी सहकारी संघका महासचिव तुलसीराज धितालले किसानले कफीको उचित मूल्य पाउन नसक्दा व्यवसाय गर्न कठिन भएको बताए ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कोभिडको महामारीबीचमा पनि कफी निर्यात बढेको जानकारी दिए ।

भन्सार विभागको तथ्यांङकअनुसार आर्थिक वर्ष २०७६-०७७ मा ११ करोड ८८ लाख २ सय ६६ मेट्रिक कफी नेपालमा आयात हुँदा ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६.८९ मेट्रिक टन कफी निर्यात भएको थियो । यस्तै आव २०७७-०७८ मा १० करोड ६७ लाख रुपैयाँ बराबरको १ सय ९८.७६ मेट्रिक कफी आयात हुँदा ९ करोड ६० लाख बराबरको ७२.४८ मेट्रिक कफी निर्यात भएको छ ।

कुल उत्पादनको करिब २५ प्रतिशत कफी निर्यात हुँदै आएको छ । मुलुकमा विभिन्न ४० जिल्लामा कफीको उत्पादन हुँदै आएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा मुलुकभर ३ हजार १ सय ४.मेट्रिक टन उत्पादन भएको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्