RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/६ गते
४८२ पटक

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ। महाधिवेशनको तयारीबारे छलफल गर्न दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आशन्न दशौं राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको हो। महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ।

महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ। एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ।

प्रतिकृया दिनुहोस्